Wednesday, January 30, 2013

ब्लगरको बिचार 

बिज्ञान सत्य तथ्यको शास्त्र हो। बैज्ञानिक कथनहरु प्रमाणहरुका आधारमा प्रस्तुत गरिन्छन। यसले प्रकृतिका बिभिन्न आयाम र प्रक्रियाहरुको बस्तुगत ब्याख्या गर्ने प्रयत्न गर्छ। सामान्य पढ़ेलेखेका ब्याक्तिहरुकालागि बिज्ञानको आधारभूत ज्ञान अनिवार्य त होइन तर लाभदायक र उपयोगी भने हुन सक्छ। यो ब्लाग को उद्देश्य माध्यमिक तह वा माथि बिग्यानको अध्ययन नै नगरेका वा समयक्रममा यसको आधारभूत अवधारणा गुमाउन पुगेका ब्याक्तिहरुलाई यस सम्बन्धि ज्ञानको पूनार्ताजगी गराउनु रहेको छ।

आजकल अंग्रेजी माध्यममा बिध्यालय तथा कलेजहरुमा पढ़ेका ब्यक्तिहरुमा बिज्ञानका प्राविधिक शब्दावालीहरुको नेपालीमा ज्ञान हुने गरेको पाइन्न। जस्तो, अंग्रेजीमा Acceleration भन्ने पदावलीलाई एक्दमै राम्रोसंग ब्याख्या गर्न सकने बिद्यार्थी त्यसैको नेपाली शब्द 'प्रवेग' सुने अक्मक्किञ्छ्न । यो आफ्नो भाषामा बैज्ञानिक पदावलीहरुको ज्ञान नहुनुको परिणाम हो। यो पक्षमा पनि यो ब्लाग लाभदायक हुने अपेक्षा गरिएको छ। 

ब्लगमा भाषा प्रयोगमा यथासक्य शुद्धता कायम रहोस भन्ने  सावधानी  अपनाइएको छ। तैपनि यूनिकोड फंट मा प्राप्त हुने बिकल्पहरुको सीमितता तथा प्रस्तुत्कर्ताको बैयाकरणीय कमजोरीका कारण यदाकदा अशुद्धिहरू रहेका हुन सक्छन। यस्तोमा पाठकबाट  प्राप्त सुझावहरुलाई स्वागत गरिने छ।

आनंद काफले 
काठमांडू बिश्वविध्यालय केन्द्रीय क्याम्पस, धुलिखेल काभ्रे।

Opinion of The Blogger

Science is a discipline of truth and facts. The scientific descriptions are presented on the basis of reliable and realizable evidences. It attempts to provide objective explanations to various aspects and phenomena of nature. For ordinary, educated people, the fundamental knowledge of science, if not essential, may be beneficial and useful. The objective of this blog is to provide an opportunity of refreshing the basic concept of science, to those,who have, either not studied science at all during their high school studies or have forgotten its concept in course of time. 

Nowadays, the people educated in science in the school and college levels in English medium are found to be unable to know the Nepali translation of the technical terms. For example, a student able to explain the term 'Acceleration' quite nicely in English, may feel awkward while hearing the corresponding term in Nepali.It is a consequence of their limitation in knowledge of scientific terms in their own language. This blog is expected to be useful in this aspect as well. 
Care has been taken to maintain correctness in using language throughout the blog. However, due to limitations in options available in the Unicode font and the limited grammatical knowledge of the publisher, there may persist some grammar related faults in the writings. Feedback and suggestions are  welcome from the readers in this regard. 

Ananda Kafle
Kathmandu University Central Campus, Dhulikhel, Kavre.  


 






आधारभूत विज्ञान 

बिज्ञानको परिचय : मान्छेको अनुभव र अवलोकनबाट प्राप्त संसारको क्रमबद्ध ज्ञानलाई बिज्ञान भनिन्छ। कुनैपनि शास्त्र, जसले तथ्य र कथनहरुलाई उपलब्ध प्रमाणका आधारमा प्रस्तुत गर्छन, तिनलाई बिज्ञान भन्न सकिन्छ। तैपनि, स्थापित मान्यता र अवधारणा अनुसार प्रकृतिका विभिन्न आयामहरुको अध्ययन गरिने शास्त्रहरू लाइ बिज्ञान भनिन्छ। यस्ता शास्त्रहरुमा  प्रचलन अनुसार  भौतिक शास्त्र, रसायन शास्त्र तथा जीवविज्ञानलाई राख्ने गरिन्छ। तर यी परम्परागत शाखाहरुका अलावा अन्य कैयौं बिज्ञानहरु छन्। विज्ञानका यी तीन शाखाहरुमा पदार्थ, उर्जा,  जीवजन्तु इत्यादिको बारेमा अध्ययन गरिन्छ। 

पदार्थ: खास पिण्ड (Mass) तथा आयतन भएको, हाम्रो एक वा एकभन्दा बढी ग्यानेंद्रियहरुले अनुभूत गर्न सक्ने एवं आफ्ना खास खास गुणहरु हुने   कुनै पनि चीजलाई पदार्थ भनिन्छ। पदार्थहरु ठोस तरल वा ग्यास हुन सक्छन्। यी तीनलाई पदार्थका अ वस्था (States of Matters) भनिन्छ।पदार्थका यी तीन अवस्थाहरु एकअर्काका बीच परिवर्तनीय हुन्छन भने यिनीहरुमा अनुहरुका बीचको दुरी (Intermolecular Space) फरक फरक हुन्छन। जस्तो ठोस कार्बनडाईअक्साइडमा भन्दा तरल कार्बनडाई अक्साइडमा अणुहरु एकार्काबाट टाढा हुन्छन भने कार्बनडाईअक्साइड ग्यासमा अझै धेरै टाढा हुन्छन।
अणु र परमाणु 
पदार्थको सबैभन्दा सानो कण जसले रासायनिक प्रतिक्रियामा भाग लिन सक्छ, लाई परमाणु भनिन्छ। तर पर्मानुहरू स्वतंत्र रुपमा अस्तित्वमा रहन वा नरहन पनि  सक्छन। जस्तो, हाइड्रोजन परमाणु, हिलियम परमाणु, इत्यादि। परमाणुहरु अत्यंत सक्रिय  हुने हुनाले यिनीहरु सामान्यतया स्वतंत्र रुपमा रहन नसकेका हुन। तर तत्व्हरुमध्यमा सबैभन्दा निष्क्रिय भनेर चिनिने 'नोबल' वा 'निष्क्रिय ग्यास' बर्गमा पर्ने हीलियम, नियोन, आर्गन, कृप्टन जेनन र राडन तत्वहरुका परमाणु भने स्वतंत्र रुपमा रहन सक्छन। बिभिन्न तत्व्हरुका
परमाणुहरुलाई तिनका आआफ़्नै परमाणु संकेतहरूले जनाइंछ। तेस्ता संकेत्हरू, ती तत्व्का अंगरेजी, ल्याटिन,वा जर्मन नामका पहिलो वा पहिलोका साथै अरु कुनै एक अक्षरबाट लिईन्छ। जस्तो-
Hydrogen- H
Carbon- C
Helium-  He
Argentum - Ag (चांदी वा Silver को ल्याटिन नाम।)
Kelium- K (पोटासियम, Potassium को ल्याटिन नाम।)
Wolfram - W (Tungsten को जर्मन नाम )
एकै किसिमका पर्मानुहरू (जस्तो हाइड्रोजन ,H,) हरु मिलेर बनेका पदार्थलाई तत्व भनिन्छ। उदाहरंका लागि -
हाइड्रोजन, फलाम, चांदी, सुन, आदि। बिभिन्न तत्व्का पर्मानुहरू मिलेर बनेका पदार्थहरुलाई यौगिक (Compound) भानिन्छ। जस्तै-
पानी (H2O - हाइड्रोजन र आक्सीजन तत्व्हरू मिलेर बनेको।
कार्बनडाईआक्साइड (CO2) - कार्बन र आक्सीजन मिलेर बनेको।
सोडियम क्लोराइड (NaCl)- सोडियम र क्लोरिन मिलेर बनेको। इत्यादि।