ब्लगरको बिचार
बिज्ञान सत्य तथ्यको शास्त्र हो। बैज्ञानिक कथनहरु प्रमाणहरुका आधारमा प्रस्तुत गरिन्छन। यसले प्रकृतिका बिभिन्न आयाम र प्रक्रियाहरुको बस्तुगत ब्याख्या गर्ने प्रयत्न गर्छ। सामान्य पढ़ेलेखेका ब्याक्तिहरुकालागि बिज्ञानको आधारभूत ज्ञान अनिवार्य त होइन तर लाभदायक र उपयोगी भने हुन सक्छ। यो ब्लाग को उद्देश्य माध्यमिक तह वा माथि बिग्यानको अध्ययन नै नगरेका वा समयक्रममा यसको आधारभूत अवधारणा गुमाउन पुगेका ब्याक्तिहरुलाई यस सम्बन्धि ज्ञानको पूनार्ताजगी गराउनु रहेको छ।
आजकल अंग्रेजी माध्यममा बिध्यालय तथा कलेजहरुमा पढ़ेका ब्यक्तिहरुमा बिज्ञानका प्राविधिक शब्दावालीहरुको नेपालीमा ज्ञान हुने गरेको पाइन्न। जस्तो, अंग्रेजीमा Acceleration भन्ने पदावलीलाई एक्दमै राम्रोसंग ब्याख्या गर्न सकने बिद्यार्थी त्यसैको नेपाली शब्द 'प्रवेग' सुने अक्मक्किञ्छ्न । यो आफ्नो भाषामा बैज्ञानिक पदावलीहरुको ज्ञान नहुनुको परिणाम हो। यो पक्षमा पनि यो ब्लाग लाभदायक हुने अपेक्षा गरिएको छ।
ब्लगमा भाषा प्रयोगमा यथासक्य शुद्धता कायम रहोस भन्ने सावधानी अपनाइएको छ। तैपनि यूनिकोड फंट मा प्राप्त हुने बिकल्पहरुको सीमितता तथा प्रस्तुत्कर्ताको बैयाकरणीय कमजोरीका कारण यदाकदा अशुद्धिहरू रहेका हुन सक्छन। यस्तोमा पाठकबाट प्राप्त सुझावहरुलाई स्वागत गरिने छ।
आनंद काफले
काठमांडू बिश्वविध्यालय केन्द्रीय क्याम्पस, धुलिखेल काभ्रे।
Opinion of The Blogger
Science is a discipline of truth and facts. The scientific descriptions are presented on the basis of reliable and realizable evidences. It attempts to provide objective explanations to various aspects and phenomena of nature. For ordinary, educated people, the fundamental knowledge of science, if not essential, may be beneficial and useful. The objective of this blog is to provide an opportunity of refreshing the basic concept of science, to those,who have, either not studied science at all during their high school studies or have forgotten its concept in course of time.
Nowadays, the people educated in science in the school and college levels in English medium are found to be unable to know the Nepali translation of the technical terms. For example, a student able to explain the term 'Acceleration' quite nicely in English, may feel awkward while hearing the corresponding term in Nepali.It is a consequence of their limitation in knowledge of scientific terms in their own language. This blog is expected to be useful in this aspect as well.
Care has been taken to maintain correctness in using language throughout the blog. However, due to limitations in options available in the Unicode font and the limited grammatical knowledge of the publisher, there may persist some grammar related faults in the writings. Feedback and suggestions are welcome from the readers in this regard.
Ananda Kafle
Kathmandu University Central Campus, Dhulikhel, Kavre.